Skip This
स्वावलम्बन लघुवित्तको नाफा ९४.२१ प्रतिशतले बढ्यो
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १७ बिहीबार ११:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

स्वावलम्बन लघुवित्तको नाफा ९४.२१ प्रतिशतले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार ११:१४:oo

स्वावलम्बन लघुवित्तको नाफा ९४.२१ प्रतिशतले बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नाफा ९४.२१ प्रतिशतले बढेको हो । 

यस अवधिमा लघुवित्तले आठ करोड सात लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जबकि गत आवको सोही अवधिमा लघुवित्तले चार करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

लघुवित्तको अपरिष्कृत वित्तीय विवरणमा पुस मसान्तसम्म सञ्चालन आम्दानीसहित ब्याज आम्दानी पनि बढेको उल्लेख छ । लघुवित्तले गत आवको दोस्रो त्रैमाससम्म ८५ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेका यस अवधिमा ९४ करोड ३७ लाख ५० हजार रुपैयाँ कमाएको वित्तीय विवरणमा उल्लेख छ । 

त्यसैगरी, लघुवित्तले खुद ब्याजबापत ८० करोड रुपैयाँ कमाएको छ । यो गत आवको तुलनामा २०.०२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा लघुवित्तले ६६ करोड ६६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, लघुवित्तको सञ्चालन नाफा पनि बढेको छ । गत आवमा पाँच करोड ९३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको लघुवित्तले पुस मसान्तसम्म भने ११ करोड ५२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९४.०७ प्रतिशतले बढी हो । त्यसैगरी, वितरणयोग्य मुनाफा भने १० करोड १७ लाख रुपैयाँ छ ।

एक अर्ब ६५ करोड ६६ लाख चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ७२ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, १४ अर्ब ८९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले १९ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ र खराब कर्जा अनुपात ८.२८ प्रतिशत छ ।