Skip This
लिपिङखोलामाथि बेलिब्रिज राख्न जग निर्माण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १७ बिहीबार
  • Thursday, 30 January, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ माघ १७ बिहीबार १o:५८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लिपिङखोलामाथि बेलिब्रिज राख्न जग निर्माण

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ माघ १७ बिहीबार १o:५८:oo

२५ माघसम्म पुल निर्माण सकेर तातोपानी नाका हुँदै मालवाहक कन्टेनर आवतजावत गराउने योजना

चीनसँगको व्यापारिक नाका तातोपानी जोड्ने सडकमा पर्ने लिपिङ खोलामाथि बेलिब्रिज राख्ने ढलान र जग निर्माण कार्य सकिएको छ । गत असोजमा आएको बाढीले लिपिङ खोलामा रहेको पक्की पुल बगाएको थियो । त्यसयता सो नाका सञ्चालन कठिन बनेपछि ६ देखि २५ माघसम्मलाई नाका पूर्ण रूपले बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । ‘अन्तर्राष्ट्रिय नाका भएकाले निर्धारित समयमा काम सक्न सडक डिभिजन र नेपाली सेनालाई भनेको छु,’ उनले भने ।

लिपिङ खोलाका दुवै भागमा जग निर्माण र ढलान सुक्न समय लाग्ने भएकाले उक्त अवधिमा बेलिब्रिज जडान गर्न आवश्यक सबै उपकरण जुटाउन लागेको सडक डिभिजन कार्यालय, चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले जानकारी दिए । ‘ढलान सुकेपछि नेपाली सेनाको प्राविधिक सहयोगमा बेलिब्रिज जडान गर्छाैं,’ उनले भने, ‘काम सुरु गरेको चार दिनभित्र जडान सम्पन्न हुन्छ ।’ माघ २५ भित्र बेलिब्रिज जडान सम्पन्न गरेर नाकामा मालवाहक कन्टेनर आवतजावत गराउने लक्ष्य रहेको उनले बताए ।

लार्चामा पनि हालिँदै बेलिब्रिज
भोटेकोशी नदीको लार्चामा बेलिब्रिज जडान गर्न सडक विभागबाट सकारात्मक जवाफ आएको सडक डिभिजन कार्यालय, चरिकोटका सूचना अधिकृत इन्जिनियर सुरज महर्जनले जानकारी दिए । ‘चाँडै नै भोटेकासी नदीमा निर्माण गरिने लामो बेलिब्रिजबारे निर्णय हुने कुरा आएको छ,’ उनले भने । बर्खाअघि नै कोदारी सडक सुधार गर्ने योजना रहेको उनले बताए । ‘बन्देउदेखि लिपिङसम्म सडकको स्तरोन्नति र बेलिब्रिज जडानको काम धमाधम हुने कार्ययोजना छ,’ उनले भने ।

बाह्रबिसेको साँधी खोल्सामा पक्की पुल निर्माण सम्पन्न हुन लागेको र खागदल खोलामा बेलिब्रिज जडान सम्पन्न भएको सडक डिभिजनले जनाएको छ । २५ माघसम्म पुल बन्ने आशमा नेपालका लागि फलफूल र रेडिमेड सामान बोकेका कन्टेनर न्यालम आएर बसेका छन् ।

किरण थापा, प्रमुख जिल्ला अधिकारी, सिन्धुपाल्चोक
६ देखि २५ माघसम्मलाई तातोपानी नाका पूर्ण रूपले बन्द गरेर बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको छ । ‘अन्तर्राष्ट्रिय नाका भएकाले निर्धारित समयमा काम सक्न सडक डिभिजन र नेपाली सेनालाई भनेको छु ।