Skip This
उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललाई तीन प्रश्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १५ मंगलबार
  • Tuesday, 22 April, 2025
अन्तर्वार्ता प्रिन्ट संस्करण

उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १५ मंगलबार o८:५५:oo

१. सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउने सरकारी नीतिलाई कसरी हेर्नुभएको छ ?
दुनियाँभरमै सबैभन्दा ठुलो खरिदकर्ता सरकार नै हो । सरकारले नै स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुको ठुलो अर्थ हुन्छ । स्वदेशमै उत्पादन भइरहेको सामान विदेशबाट पनि आयात भइरहेको हुन्छ । सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदा स्वदेशी उद्योगले फस्टाउने वातावरण पाउँछन् । देशभित्र रोजगारी वृद्धि हुन्छ । राजस्वको दिगो आधार तयार हुन्छ । आयात घट्छ । 

२. स्वदेशी उत्पादन प्रवद्र्धन गर्न सरकारले कसरी सघाइरहेको छ ?
सरकारले केही हदसम्म सहयोग गरेकै छ । उसले भन्सार दरमा पनि स्वदेशी उत्पादनलाई केही सहुलियत दिएको छ । सार्वजनिक निकायहरूमा स्वदेशी उत्पादनको खपत बढाउने सरकारको नीति नै अहिलेका लागि सबैभन्दा महत्वपूर्ण छ । सरकारले आगामी दिनमा उत्पादनको प्रकृतिअनुसार फरक–फरक नीति ल्याउन सकेमा स्वदेशी उत्पादनले थप फस्टाउने वातावरण पाउनेछन् । 

३. हामी स्वदेशी उत्पादनमा आत्मनिर्भर बन्न कति सम्भव छ ?
त्यस्तो सम्भावना उच्च छ । हामीले नेपाली उत्पादन पनि गुणस्तरीय छन् भनेर ‘मेक इन नेपाल’ अभियान नै चलाइरहेका छौँ । यसका लागि जनचेतना जगाउन प्रचारप्रसार पनि गर्दै आएका छौँ । आफ्ना उत्पादन बिक्री हुने सुनिश्चितता भएको अवस्थामा तत्काल मागअनुरूप आफ्नो उत्पादन बढाउन यहाँका उद्योगहरू तम्तयार छन् । सरकारको उचित साथ र सहयोग पाएमा हामी आत्मनिर्भर मात्र होइन, आफ्ना उत्पादन निर्यात गर्न पनि सक्षम हुन्छौँ । सिमेन्टको उदाहरण हेर्दा पनि त्यो पुष्टि हुन्छ । पहिले हामी सिमेन्टमा आत्मनिर्भर भयौँ । बजारमा प्रतिस्पर्धा बढेर मूल्य पनि घट्यो । अनि निर्यात पनि हुन थाल्यो ।