मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १० बिहीबार १o:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योगसहित तीनवटा समितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १o:२५:oo

संघीय संसद्अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल गर्ने तयारी छ ।

छुटाउनुभयो की ?