गृह मन्त्रालयले नेपाल प्रहरीका दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । एसएसपी सुदर्शनप्रसाद कोइरालालाई लागुऔषध नियन्त्रण ब्युरो र नान्तीराज गुरुङलाई नेपालगन्ज तालिम केन्द्रको प्रमुखको रूपमा खटाइएको छ।
यसअघि ब्युरोमा दिनेश आचार्य र तालिम केन्द्रमा राजेन्द्र भट्ट कार्यरत थिए। उनीहरू प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा भएपछि रिक्त रहेको पदमा दुई एसएसपीको काज सरुवा भएको हो।
गृह मन्त्रालयले गत साता बढुवामा सिफारिस भएका २५ एसएसपीको पदस्थापनसँगै केही एसएसपीको सरुवाको पनि तयारी गरिरहेको छ।