चितवन महोत्सव २०८१ मा एक करोडभन्दा माथिको स्काइवेलका विद्युतीय (इभी) बिक्री एवं डेलिभरी गरिएको छ । स्काइवेलको आधिकारिक विक्रेता जी मोटर्स प्रालिले मेलाबाट स्काइवेलको एक करोडभन्दा माथिको इभी बिक्री गरेको हो । नेपालकै सर्वाधिक रेन्ज ६२० किमि दिने प्रिमियम इभी इटी–५ महोत्सवबाट डेलिभरी भएको कम्पनीले जनाएको छ ।
कम्पनीका बिजनेस हेड युगप्रसाद रिमालले स्काइवेलको प्रिमियम इभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए । महोत्सवमा उपलब्ध इभीमध्ये स्काइवेलकै प्रिमियम र लङ रेन्ज रोज्नुमा १९७ यमयम ग्राउन्ड क्लियरेन्स हाई रेन्ज सुविधा नै प्रमुख कारण भएको प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । ‘आगामी दिनमा कम्पनीले चितवन क्षेत्रको बजारलाई मुख्य बजारका रूपमा लिँदै चाँडै सेल्स, सोरुम, सर्भिस र पाटर््स चितवनका ग्राहकलाई सहज रूपमा उपलब्ध गराउनेछौँ,’ कैलाशबाबुले भने ।
हाल नेपालमा १४० वटाभन्दा बढी स्काइवेलका इटी–५ ६२० किमि प्रिमियम विद्युतीय एसयुभी बिक्री–वितरण भइसकेका छन् भने चितवन महोत्सवमा पाँचभन्दा बढी बुकिङ रहेको छ ।
इटी–५, बिई–११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमि रेन्ज दिने प्रिमियम यसयुभी बिक्रीका लागि उपलब्ध रहेका बताइएको छ ।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्यधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर पर्फर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सक्नु हुनेछ ।
स्काइवेल ६५ भन्दा बढी देशमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डमा बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो ।