मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ पौष २७ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं ।
२o८१ पौष २७ शनिबार १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार

दुवै प्रहरी विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं ।
नयाँ पत्रिका
२o८१ पौष २७ शनिबार १६:३९:oo

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक मन्त्रिपरिषदबाट स्वीकृत भएको छ। बैठकले विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। 

गृहमन्त्री लेखकका अनुसार मन्त्रिपरिषदको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषदमा पेश गरिएको थियो। विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने  उनको भनाइ छ।  

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो। 

विधेयकमा ३० वर्षे सेवाहद हटाउने तथा तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधान छ।