नेपाल इन्भेष्टमेन्ट मेगा बैंक निजी क्षेत्रको संस्था एवं हरित जलवायु कोष (जिसिएफ)बाट मान्यता प्राप्त गर्ने नेपालको पहिलो वाणिज्य बैंक बनेको छ । मध्यम आकारको वर्गमा मान्यता पाएसँगै बैंक पाँच करोडदेखि अढाई अर्ब डलरसम्मका परियोजना व्यवस्थापन गर्न सक्षम बनेको छ । यो प्राप्तिले जलवायु वित्तमा नेपालको निजी क्षेत्रको महत्वपूर्ण प्रगतिलाई दर्साउने बताइएको छ । जिसिएफ जलवायु कार्यका लागि विश्वको सबैभन्दा ठुलो कोष हो ।
यो कोषले जलवायु परिवर्तनसँग लड्न अन्तर्राष्ट्रिय समुदायले तोकेका लक्ष्य प्राप्त गर्न र विकासोन्मुख देशलाई उनीहरूको योगदान उठान र महसुस गर्न समर्थन गर्न विश्वव्यापी प्रयासमा महत्वाकांक्षी योगदान पुर्याउँछ ।
‘जिसिएफद्वारा मान्यता प्राप्त गर्न पाउँदा खुसी छौँ,’ बैंकका सिइओ ज्योतिप्रकाश पाण्डेले भने, ‘नवीन र परिवर्तनकारी जलवायु परिवर्तन योजना कार्यान्वयन गर्ने हाम्रो उद्देश्यलाई अगाडि बढाउन यो अवसरले सहयोग पुर्याउनेछ ।’