सन् १९६६ : भारत र पाकिस्तानबिच १९६५ को दुई देशबिचको युद्ध अन्त्य गर्ने घोषणापत्रमा हस्ताक्षर भयो । उज्वेकिस्तानको राजधानी तासकन्तमा भएको सम्झौतामा भारतका तर्फबाट प्रधानमन्त्री लालबहादुर शास्त्री र पाकिस्तानतर्फबाट राष्ट्रपति मोहम्मद अयुब खानले हस्ताक्षर गरेका थिए ।
सन् १७७६ : अमेरिका स्वतन्त्रताको पक्षमा लेखक थोमस पाइनलले तयार पारेको प्याम्प्लेट ‘कमन सेन्स’ प्रकाशित भयो । बेलायतभित्र थप अधिकारसहित बस्ने वा पूर्ण स्वतन्त्रताको मुद्दामा अलमलिरहेका स्वतन्त्र सेनानीलाई यसले स्वतन्त्रताको पक्षमा लाग्न बलियो आधार प्रदान गर्यो ।
सन् १८७० : जोन डी. रकफेलर र उनका भाइ विलियमले ओहायोमा ‘स्ट्यान्डर्ड तेल कम्पनी’ गठन गरे, जुन पछि गएर विश्वकै ठुलो कम्पनी बन्यो र रकफेलर विश्वको पहिलो डलर अर्बपति बने ।
सन् १८६३ : लन्डनमा बनेको विश्वको पहिलो भूमिगत रेलमार्गको प्याडिङटन र फ्यरिङडनबिचकोे खण्ड सञ्चालनमा आयो ।
सन् १८७८ : अमेरिकी सिनेटले महिलाहरूको मताधिकारमाथि लागू संवैधानिक प्रतिबन्ध खारेज गर्ने संशोधन प्रस्ताव गर्यो । यो यस्तो खालको संशोधनको माग गरिएको पहिलो प्रस्ताव थियो ।
सन् १९१४ : चीनका तत्कालीन राष्ट्रपति युआन सिह–काईले संसद् भंग गरे । उनले आफैँलाई बादशाह घोषणा गर्ने तयारीमा उक्त कदम चालेका थिए ।
सन् १९२० : पहिलो विश्वयुद्ध अन्त्य गर्न भएको भर्साइल सन्धि कार्यान्वयनमा आएसँगै ‘लिग अफ नेसन’ गठन भयो ।
सन् १९२८ : सोभियत नेता स्टालिनले आफ्ना प्रतिद्वन्द्वी लियोन ट्राटस्कीलाई देशनिकाला गर्ने निर्णय गरे, सुरुमा अल्मा अटामा आन्तरिक निर्वासित भएका ट्राटस्की एक वर्षपछि टर्की गए ।
सन् १९७२ : बंगलादेश स्वतन्त्र भएपछि पाकिस्तानी जेलमा रहेका शेख मुजिबुर रहमान लन्डन हुँदै ढाका ल्याइए ।
सन् १९८४ : अमेरिकाले ११७ वर्षपछि भ्याटिकनसँग पूर्ण कूटनीति सम्बन्ध पुनस्र्थापित गर्यो ।
सन् १९८५ : पूर्ववामपन्थी विद्रोही समूह स्यान्डा निस्टाका नेता डेनियल ओरटेगाले पहिलो कार्यकालका लागि निकारागुआका राष्ट्रपतिको शपथ लिए ।