१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 25 April, 2025
फाइल तस्बिर
मुख्य समाचार डिजिटल संस्करण

सभापति देउवाको काँध गलिसक्यो, अब अर्को व्यक्ति आउनुपर्छ : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्।

मंगलबार पूर्वकर्मचारी समाजको कार्यक्रममा शर्माले सभापति शेरबहादुर देउवाको काँध गलिसकेको भन्दै अर्को व्यक्ति अघि सर्नुपर्ने बताए। तर, त्यसका लागि आफैँ अघि सर्नुपर्ने उनले प्रस्ट पारेका छन्।

सभापति देउवाले धेरै राम्रा काम गरिसकेको उल्लेख गर्दै महामन्त्री शर्माले अब भने देउवाले त्याग गर्नुपर्ने वेला आएको धारणा राखे।

‘हाम्रो सभापतिले काँधमा बोक्दा बोक्दा गाह्रो भइसक्यो होला, म बोक्दिन्छु भनेर सुरिनेको अभाव देखिरहेको छु कांग्रेस पार्टीमा। दिएदेखि खाउँला भनेर हुँदैन। म बन्न चाहन्छु भनेर दृढतापूर्वक उभिनुपर्‍यो। मैले त भनेँ– सभापतिज्यू तपाइँले सबै कर्म गरिसक्नुभयो। मधेश तपाईंले मिलाउनुभयो, कमैयामुक्ति तपाईंले गर्नुभयो, दलित आयोग, मधेश आयोग, महिला आयोग तपाईंले बनाउनुभयो। तपाईंले धेरै काम गरिसक्नुभयो सभापतिज्यू,’ उनले भने, ‘तपाईंले एउटा काम गर्न बाँकी छ। तपाईंले त्याग गर्न बाँकी छ।’