विशेष अदालतका सदस्य डा. खुसीप्रसाद थारूको सरुवा भएको छ। न्यायपरिषद्को शुक्रबार बसेको बैठकले थारूलाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरुवा गरेको हो।
उनको स्थानमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई ल्याइएको छ। यसैगरी, राजस्व न्यायाधिकरणको कानुन सदस्य तथा अध्यक्ष पदमा बजेश प्याकुरेललाई तोकिएको छ। उनी उच्च अदालत पाटनमा कार्यरत थिए।
परिषद् प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार शुक्रबारको बैठकले उच्च अदालतका नाै र जिल्लाका १६ न्यायाधीशको सरुवा गरेको छ। उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासका न्यायाधीश हरिप्रसाद भण्डारीलाई उच्च अदालत तुलसीपुर सरुवा गरिएको छ।