मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार १६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मध्यपुर महोत्सव सुरु : तीन दिनसम्म चल्ने महोत्वसमा नेवारी कला, संस्कृति र स्थानीय उत्पादन प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १६:२८:oo

भक्तपुर मध्यपुर ठिमी नगरपालिकाले मध्यपुर ठिमी महोत्वस सुरु गरेको छ । शुक्रबारबाट सुरु भएको महोत्वस आइतबारसम्म चल्नेछ ।  स्थानीय उत्पादन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको महोत्वस मध्यपुर ठिमीको कोर क्षेत्रसहित नगदेशका भित्री सहरमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।

स्टलमा विशेष प्रकार नेवारी खाना राखिएका छन् । त्यसबाहेक सहरका भित्री चोकमा ७५० वटा नेवारी संस्कृति झल्किने स्मारक, १५० वटा अमूर्त सम्पदा राखिएका छन् । त्यस्तै, २५ भन्दा धेरै चोकमा स्थानीय बाजासहितको सांस्कृतिक झाँकी, नृत्य, भजन, गीत प्रदर्शन गरिएका छन् । 

नगरपालिकाका सूचना अधिकारी सेशव सिलवालले मध्यपुर ठिमीको ठेट नेवारी कला, संस्कृति र उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्वस आयोजना गरिएको बताए । उनले भने, ‘मध्यपुर ठिमी नेवार समुदायको सहर हो । यहाँ विभिन्न कला, संस्कृति छन् । बाजा छन् । परम्परागत सीप छन् । उत्पादनहरू छन् । त्यसलाई प्रवर्द्धन गर्नु महोत्वसको उद्देश्य हो । महोत्वस तीन दिनसम्म चल्नेछ ।’

नगरपालिकाका अनुसार स्टलमा माटो तथा सेरामिक्सबाट बनेका माटोका भाँडा, हस्तकला, गेडागुडी, किराँत र लिच्छविकालीन १५३ मुलुकका मुद्रा, बुद्धको अस्तु पनि राखिएका छन् । स्थानीय रूपमा उत्पादन हुने मदिरा, तोरीको तेल, परम्परागत खेल, हाकुपटासीलगायतका उत्पादन पनि राखिएका छन् । त्यस्तै, जन्मदेखि मृत्युसम्मका विभिन्न नेवारी संस्कार, जिब्रो छेड्ने जात्रा, बिस्केट जात्रा, अबिर जात्रा,  व्रतबन्ध, बेलविवाह पनि महोत्वसमा प्रदर्शन गरिएका छन् ।