मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १३ शनिबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १३ शनिबार o८:४४:oo
Read Time : < 1 मिनेट
विश्व

अजरबैजान एयरलाइन्स रसियाले खसाएको अमेरिकाको दाबी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १३ शनिबार o८:४४:oo

 गत बुधबार काजकस्तानमा दुर्घटनाग्रस्त भएको अजरबैजान एयरलाइन्सको विमान रसियाले खसाएको दाबी अमेरिकाले गरेको छ। ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले रसियाले नै विमान खसाएको प्रारम्भिक संकेतहरू भेटिएकोृ बताएका छन्। अमेरिकाले सो दुर्घटनाको छानविनका लागि सहयोगको प्रस्ताव समेत गरेको छ। 

काजकस्तानमा भएको सो दुर्घटनामा ३८ जनाले ज्यान गुमाएका थिए। 

दुर्घटनाअघि विमानमा केही वस्तुले ठक्कर दिएको र बिष्फोट भएको विमानमा सवार यात्रुहरुले बताएका छन्। दुर्घटनाग्रस्त विमानमा सवार २९ जनाको जिवितै उद्धार भएको थियो। 

अजरबैजानका हवाई उड्डयन विज्ञहरूले सो क्षेत्रमा रसिया र युक्रेनबिचको युद्धका कारण जामर प्रयोग भएको र जिपिएस सिष्टमले काम नगरेको बताएका छन्। जसकारण दुई देशबिचको युद्धको चपेटामा सो विमान परेको आशंका गरिएको छ । विमानमा ड्रोन तथा मिसाइल ठोक्किएको समेत कतिपयले आकलन गरेका छन् । दुर्घटनाअघि तीन वटा बिष्फोट भएको दुर्घटनामा बाँचेका यात्रुहरुको भनाई छ । 

रसियाले भने अमेरिकी आरोपमा प्रतिक्रिया दिएको छैन।