मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सम्पत्ति शुद्धीकरणको मुद्दा जिल्ला–जिल्लाबाट चलाए को बाँकी रहला ? : चन्द्र भण्डारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १६:१८:oo

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले पछिल्लो समय भइरहको सम्पत्ति शुद्धीकरण कसुरको अभियोजन प्रवृत्तिप्रति प्रश्न उठाएका छन्। जिल्ला–जिल्लाबाट सम्पत्ति शुद्धीकरणको मुद्दा चलेमा राजनीतिक प्रतिशोध हुन सक्ने भन्दै उनले कोही पनि बाँकी नरहने विचार राखेका छन्। 

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–
सम्पति शुद्धीकरणको मुद्दा जिल्ला–जिल्लाबाट जसको जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को ? बुझ्ने कोसिस गर !!! प्रतिक्रियामा रमाउने साथीहरूले हतार नगरौँ की !!! सत्यलाई सत्य थाहा हुन्छ !!! 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा लगाइएको विषयप्रति संकेत गर्दै यसरी मुद्दा चलाउँदै जाने हो भने राजनीतिक प्रतिशोधका आधारमा सबैविरुद्ध मुद्दा चल्न सक्ने संकेत नेता भण्डारीले गरेका हुन्। लामिछानेविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा अनेक मुद्दा चलाइएको आरोप लागेका वेला कांग्रेसका सांसदसमेत रहेका नेता भण्डारीले सम्पत्ति शुद्धीकरणको मुद्दामा राजनीतिक प्रतिशोधको आशंका व्यक्त गरेका छन् ।