मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Saturday, 28 December, 2024
२o८१ पौष १२ शुक्रबार १६:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अखाद्य वस्तु बिक्री गर्ने होटेललाई २५ हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १६:१३:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना गरिएको छ । अखाद्य वस्तु बिक्री गरिएको भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले बताए । 

अनुगमनका क्रममा म्याद गुज्रेको खानेकुराहरू बिक्री गरेको भेटिएपछि कारबाही गरिएको उनले बताए । ‘हामी नियमित अनुगमनमा छौँ । यसअघि पनि थुप्रै होटेल तथा पसलहरूलाई कारबाही तथा निर्देशन दिएका छौँ । निर्देशन पालना नगर्नेलाई कारबाही पनि गर्दै आएका छौँ । यो अनुगमन नियमित  चल्नेछ,’ उनले भने । 

प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ दफा ६१ (१) बमोजिम कारबाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले बताए । उनले भने, ‘होटेलमा खानेकुराहरू खान सक्ने अवस्थामा थिएन । फ्रिजमा राखेको मासुलगायतका खानेकुरा गनाइरहेको थियो । सरसफाइ पनि थिएन । खानेकुराहरूको लेबलिङ थिएन । त्यसैले, अखाद्य वस्तुहरू नष्ट गरी २५ हजार जरिवाना गरिएको हो ।’