मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १२ शुक्रबार
  • Friday, 27 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १२ शुक्रबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठौँ चेम्बर एक्स्पो १७ माघदेखि भृकुटीमण्डपमा हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १२ शुक्रबार १o:५o:oo

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको चेम्बर एक्स्पो २०२५ हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा १७ माघदेखि २१ गतेसम्म एक्स्पो हुन लागेको हो । स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ । क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभूषण चाकुबजीले जानकारी दिए । 

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया,  मलेसिया र पाकिस्तानलगायतका देशहरूमा उत्पादित वस्तुहरूको प्रदर्शनी र व्यवसायीहरूले सहभागिता जनाउनेछन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टलहरू एक्स्पोमा राखिनेछन् । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक नेपाल चेम्बर अफ कमर्सका मेला समिति संयोजक चाकुबजीले बताए ।