मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका राजविराज
२o८१ पौष ११ बिहीबार o९:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तीन महिनादेखि ओछ्यानमै थला परे महेश सदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
२o८१ पौष ११ बिहीबार o९:२९:oo

सप्तरीको कञ्चनरूप नगरपालिका– २ का २५ वर्षीय महेश सदा तीन महिनादेखि ओछ्यानमै थला परेका छन् । उनलाई उपचार गराउन आर्थिक समस्या छ । गत चैतमा उनी मजदुरी गर्न भारतको कस्मिर गएका थिए ।

काम गर्ने वेला महेश दुईतले छतबाट लडेर अचेत भएका थिए । लड्दा उनको ढाडमा चोट लाग्यो । उनलाई तत्कालै श्रीनगरमा उपचार गर्न लगियो । उपचारमा ५० हजार भारु खर्च भएको उनको भनाइ छ । पछि साथीहरूले गाडीमा उनलाई नेपाल पठाएको उनकी श्रीमती कुन्तीले बताइन् ।

गाउँलेको सहयोगमा महेशलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चेकजाँच गराइयो । त्यहाँ अप्रेसन गर्दा पनि उनी पूर्ण निको भएनन् । अहिले पैसा नहुँदा उपचार गराउन नसकिएको कुन्तीले बताइन् ।