मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ८ सोमबार
  • Monday, 23 December, 2024
२o८१ पौष ८ सोमबार ११:o८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ८ सोमबार ११:o८:oo

१. भर्खरै सकिएको एनपिएलको अनुभव कस्तो रह्यो ? 
एनपिएलको पहिलो संस्करण एकदम सफल रह्यो । फ्यान फलोइङ, टिम फर्मेसनलगायत सबै पक्षबाट हेर्दा समग्र टुर्नामेन्ट निकै राम्रोसँग सम्पन्न भयो । यसमा खोट लगाउनुपर्ने या भन्नुपर्ने केही देखिएन । यसले नेपाल क्रिकेट संघ (क्यान)का लागि स्थायी आर्थिक स्रोतको बाटो खोलिदिएको छ । यसले आगामी दिनमा पनि यसैगरी या योभन्दा पनि थप राम्रोसँग निरन्तरता पायो भने नेपाली क्रिकेट विकासमा ठुलो र सकारात्मक प्रभाव पार्नेछ । तत्कालका लागि फ्रेन्चाइज टोलीलाई आर्थिक लाभ नहुन सक्छ । दुई–चार वर्ष त उनीहरूले थेग्लान्, यसैबाट ‘सस्टेन’ हुने आधार तयार भएन भने उनीहरू पलायन हुन सक्छन् । यसतर्फ भने क्यानले ध्यान पु¥याउन सक्नुपर्छ । 

२. नेपाली क्रिकेटको समग्र विकासमा यसको कस्तो प्रभाव देखिएला ?
क्यानको आर्थिक स्रोत निकै कमजोर छ । आइसिसीको सहयोगबाट चल्दै आएको यो संस्थाका लागि एनपिएलले नियमित आर्थिक स्रोतको आधार तयार गरिदिएको छ । यसले नेपाली क्रिकेटको विकासमा सकारात्मक प्रभाव पार्छ । तर, हाम्रो लक्ष्य टेस्ट मान्यता पाउनु रहेको हुनाले अहिलेको टी–२० फम्र्याटले मात्र पुग्दैन । यसतर्फ क्यानले विचार पु¥याउनु जरुरी छ ।  

३. यसले क्रिकेटको भौतिक विकासमा कत्तिको दबाब दिएको महसुस गर्नुभएको छ ?
एनपिएलको पहिलो संस्करणमै मैदानमा प्रत्यक्ष खेल हेर्न दर्शकको बाढी नै आएको देखियो । अहिलेको पूर्वाधारले दर्शकको चाप थेग्न सकेको देखिएन । बढीभन्दा बढी दर्शकले रंगशालामै गएर खेल हेर्नका लागि पनि रंगशालालगायत पूर्वाधार विकासको खाँचो देखियो । काठमाडौंमा कम्तीमा दुइटा र बाहिर ३–४ वटा अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न रंगशाला आवश्यक छ । यसतर्फ एनपिएलको सफलता र दर्शकको चापले राज्य र क्यान दुवैलाई चर्को दबाब दिएको हुनुपर्छ ।