मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार २o:२१:oo
Read Time : < 1 मिनेट
विश्व

अमेरिकी राष्ट्रपति बाइडेनले दिए करिब १५ सय अपराधीलाई क्षमादान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार २o:२१:oo

कार्यकाल सकिन लागेका अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन्। साथै, अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफीसमेत दिएका छन्। यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकैदिनमा सबैभन्दा ठुलो क्षमादानको कार्य भनेको छ। 

‘सफल पुनर्स्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु,’ बाइडेनले विज्ञप्तिमार्फत भनेका छन्, ‘लामो जेल सजाय भोगिरहेका करिब एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दै छु।’ ह्वाइट हाउसले सजाय कम गरिएका मानिसले कम्तीमा एक वर्षदेखि घरमै सजाय भोगिरहेको बताएको छ। ‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो,’ बाइडेनले भने, ‘राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनर्स्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ।’

यस महिना बाइडेनले आफ्नो छोराको कानुनी समस्यामा हस्तक्षेप नगर्ने पहिलेको आश्वासनका बाबजुद दुई आपराधिक मुद्दाका लागि सजाय भोगिरहेका छोरा हन्टरलाई आधिकारिक माफी जारी गरेकोमा आलोचनाको सामना पनि गरिरहेका छन्।