मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार २o:o५:oo
Read Time : < 1 मिनेट
समाचार

एम्बुलेन्स दुरुपयोग भएकाे देखे सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार २o:o५:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भए खबर गर्न अपिल गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरेको सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरेका हुन्। 

त्यस्ता सूचना प्राप्त भए मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बर ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत सूचना दिन उनले आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा एम्बुलेन्सको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको जनाएको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पुर्‍याई नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ।’

डा. बुढाथोकीले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र उक्त निर्देशिकाबमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने भइरहेको बताए।