मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
रासस काठमाडौं
२o८१ मङ्सिर २७ बिहीबार १९:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

औषधि विधेयक अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल 

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १९:५३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा भएको छलफलमा उनले संसद्को आगामी अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताएका हुन्। 

उनले भने, ‘यो विधेयकमा औषधिका विभिन्न पाटाहरू रहेका छन्। उत्पादनको सन्दर्भमा हाल नेपालमा १७३ औषधि उद्योगले औषधि उत्पादन गरिरहेका छन्। ती उद्योगबाट करिब ५० प्रतिशतको हाराहारीमा आवश्यकताअनुसारको औषधि उत्पादन हुन्छ। कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन्। औषधिमा आत्मनिर्भर हुने कुरा जटिल नै छ।’

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषय छलफल गरिरहेको मन्त्री पौडेलले बताए। 

मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले भने, ‘औषधिको खरिद प्रक्रियाले औषधिको उपलब्धतामा समस्या देखापरेको छ। खरिद ऐनलाई पुनर्विचार गर्न आवश्यक छ।’
    
सांसद देवेन्द्र पौडेलले बिमा सरल र सहज नभएको बताए। उनले कुनै नागरिकले भनेको वेला उपचार पाउनुपर्ने बताए। सांसद डा. तोसिमा कार्कीले नेपालमा उत्पादन भएको औषधिलाई प्रवर्द्धन गर्नका लागि सरकराले कस्तो रणनीति ल्याउँदै छ भनेर प्रश्न उठाए। यसैगरी, सांसद सुमना श्रेष्ठले अस्पतालमा उपचार गर्नका लागि मिटर ब्याजमा नागरिकले पैसा लिनुपरेको बताउँदै स्वास्थ्य उपचार सेवा सर्वसुलभ बनाउन जोड दिइन्।