मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
नयाँ पत्रिका काठमाडौं-
२o८१ मङ्सिर २७ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रविलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं-
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १४:५८:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेमाथि सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।