मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
२o८१ मङ्सिर २७ बिहीबार १४:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृषिमन्त्री अधिकारीले गरे बकैया औद्योगिक ग्रामको अवलोकन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १४:४८:oo

नेपाल सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बकैया गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको अवलोकन गरेका छन् ।मन्त्री अधिकारीले बिहीबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको निमन्त्रणामा औद्योगिक ग्रामको अवलोकन गरेका हुन् । 

गाउँपालिकाका अध्यक्ष लामिछानेले मन्त्री अधिकारीलाई औद्योगिक ग्रामबारे जानकारी गराएका थिए । अवलोकनको क्रममा मन्त्री अधिकारीले गाउँपालिकाले उद्योग सञ्चालनमा ल्याएर कृषकका लागि राम्रो कार्य गरेको बताउँदै औद्योगिक ग्रामको थप स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

बकैया गाउँपालिकाको सात बिघा जग्गाको क्षेत्रफलमा पाँच करोडको लगानीमा गाईभैँसीको दाना र साइलेज उत्पादन उद्योग सञ्चालनमा छ । उद्योगले गत साउनबाट गाईभैँसीका लागि सन्तुलित दाना उत्पादन गर्न लागेको छ । उद्योगले हालसम्म ५० टन दाना उत्पादन गरेको छ । 

उक्त उद्योगबाट उत्पादन भएको दाना पालिकाभित्रका कृषक, दुग्ध उत्पादक सहकारीहरूलाई बिक्री गर्ने गरिएकाको छ । उद्योगले हालसम्म ६५ टन साइलेज उत्पादन गरेको छ ।