मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २७ बिहीबार
  • Thursday, 12 December, 2024
रासस चितवन
२o८१ मङ्सिर २७ बिहीबार १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थतन्त्र बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ : प्रचण्ड

Read Time : < 1 मिनेट
रासस, चितवन
नयाँ पत्रिका
२o८१ मङ्सिर २७ बिहीबार १४:२o:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा आज नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्रलाई बलियो बनाउन मध्यमवर्गलाई माथि उठाउनुपर्ने बताए । 

उनले भने, ‘दिनप्रतिदिन हाम्रो अर्थतन्त्र परनिर्भर हुँदै गएको छ । केही समय पहिले  खाद्यान्नमा आत्मनिर्भर मात्रै नभएर निर्यात गर्ने  देश अहिले खाद्यान्नलगायत धेरै कुरा आयात गर्ने देशमा परिणत भएको छ । यस्तो स्थितिमा आत्मनिर्भर अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो छ ।’

पूर्वप्रधानमन्त्री  प्रचण्डले १८ महिना सरकारको नेतृत्व गर्दागर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि आफ्नो सम्पूर्ण उद्देश्य र मिहिनेत रहेको दाबीसमेत गरे । उनले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जगेर्ना गर्नका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।