सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
यसअघि पछिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाईलाई आज अदालतमा उपस्थित गराइएको हो।
लामिछानेसँग सहकारी ठगी प्रकरणमा कास्की, काठमाडौं, चितवन, रुपन्देही र पर्सामा बयान लिइसकेको छ। बयान सकिएकाले प्रहरीले अब मुद्दा चलाउने तयारी गरेको छ। लामिछाने सहकारी ठगीको आरोपमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।