मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
तस्बिर : राेयटर्स
रासस द हेग
२o८१ मङ्सिर २३ आइतबार १४:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हेग बम विस्फाेटमा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

Read Time : < 1 मिनेट
रासस, द हेग
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १४:o९:oo

डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँचजनाको शव फेला परेको पुष्टि गरेका छन्।

थप मृतकहरूको खोजी कार्य जारी छ। नेदरल्यान्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको संख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन्।

‘अहिलेसम्म कम्तीमा पाँचजनाको मृत शरीर भग्नावशेषबाट निकालिएको छ,’ हेगका नगर प्रमुख जान भान जेनेनले भने, ‘विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीव्र पारेका छन्। दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ, तैपनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ।’

उद्धार गरिएका दुईजनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए।

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताएका छन्। राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गरेका छन्।

यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो। विस्फोटबाट क्षति भएको तीनतले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तला थिए।

विस्फाेटको कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार विस्फाेट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो। अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन्।