Skip This
भ्रष्टाचार निवारण र अख्तियार विधेयक टुंग्याउने उपसमितिको म्याद थप
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार निवारण र अख्तियार विधेयक टुंग्याउने उपसमितिको म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार १३:५१:oo

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक टुंग्याउन गठित उपसमितिको म्याद थप गरेको छ।

दफावार छलफलसहित दुवै विधेयकका मूलभूत विषय टुंग्याउन समितिले ३० कात्तिकमा हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। समितिलाई १५ दिनको समय दिइएको थियो।

उपनिर्वाचन र अन्य कारणले काम नसकिएको भन्दै उपसमितिले २१ मंसिरमा समय थप्न माग गरेकोमा आइतबार बसेको समितिको बैठकले केही समय थप्ने प्रस्ताव पारित गरेको सभापति रामहरि खतिवडाले जानकारी दिए।

दुवै विधेयक अन्तिम चरणमा रहेको र थपिएको समयमा प्रतिवेदन तयार पारेर मूल समितिमा पेस गर्ने उपसमिति संयोजक थानीले बताए।