मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Monday, 13 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार o८:१४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

युनियनको आइपिओ निष्कासक लक्ष्मी सनराइज क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o८:१४:oo

युनियन मेवा हाइड्रोको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त भएको छ । युनियनले ३५ करोड ३८ लाख ६० हजार पाँच सय रुपैयाँबराबरको १०० अंकित दरका ३५ लाख ३८ हजार ६ सय पाँच कित्ता साधारण सेयर (आइपिओ) जारी गर्दै छ ।

सो कार्यका लागि युनियनले लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको हो । सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र युनियन मेवाका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरे ।

युनियन मेवाले मिक्वा खोला गाउँपालिका, ताप्लेजुङमा निर्माण गरिरहेको २३ मेगावाटको मेवा खोला जलविद्युत् आयोजना करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको बताइएको छ ।