सानिमा बैंकले २०औँ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम गरेको छ । बैंकले सामुदायिक सेवा केन्द्र नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्साल, ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
२१ मंसिरदखि सुरु भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले रक्तदातालाई धन्यवाद दिए । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।