मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार o९:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o९:४३:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएको उनको भनाइ छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई शनिबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले केही ढिलो भए पनि राष्ट्रिय सहमतिबाटै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने दाबी गरे । ‘एकथरी शक्तिमा शान्ति प्रक्रियाको विषय माओवादी र कांग्रेसको मात्रै समस्या जस्तो देखाउने प्रवृत्तिले देखिएको थियो । यसलाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्‍याउनुपर्ने आवश्यकता अहिले सबैले बुझ्दै गएका छन् । शान्ति प्रक्रियाको काम अहिले अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

प्रचण्डले वामपन्थी एकताको विकल्प नभएको पनि बताए । विभिन्न दलहरूसँग एकता वार्ता चलिरहेको भन्दै उनले सबैको साझा निष्कर्ष एकतामै रहेको जानकारी दिए । उनले नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरूको ऐतिहासिक भूमिका रहँदै आएको स्मरण पनि गरे । शिक्षक पृष्ठभूमिका धेरै नेताले सरकारको नेतृत्व गरे पनि शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दुःखद रहेको उनले बताए । आफू प्रधानमन्त्री भएको वेला निकै जोडबल गरेर शिक्षा विधेयक संसद्मा पुर्‍याएको उनले स्मरण गरे ।