मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २३ आइतबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २३ आइतबार o७:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुरुषोत्तम राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २३ आइतबार o७:o९:oo

राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिता शनिबार भएको खेलमा उदीयमान खेलाडी पुरुषोत्तम सिलवाल च्याम्पियन बनेका छन् । नौ चरणसम्म भएको प्रतिस्पर्धात्र्मकमा काठमाडौंका पुरुषोत्तमले सर्वाधिक ६.५ अंक जोडेर उपाधि जितेका हुन् । उनले ४ जित र ५ बराबर नतिजा निकाले । प्रतियोगितामा उनी मात्र अपराजित खेलाडी बनेका छन् । डाइरेक्ट इन्काउन्टर र मोस्ट विन नियम लागू भएअनुसार उनले बाजी मारेका हुन् । 

२५ औँ राष्ट्रिय प्रतियोगिताको छनोटका रूपमा आयोजित स्पर्धामा समान ६.५ अंक जोडेर दोलखाका आशिष फुँयाल दोस्रो स्थानमा रहे । प्रतियोगितामा रौतहटका एफएम रूपेश जैसवाल तेस्रो स्थानमा रहेका छन् ।

पाँच दिनसम्म चलेको प्रतियोगिताका चौथो देखि नवौं स्थानसम्मका खेलाडीले समान ६ अंक जोडेका छन् । उनीहरू राष्ट्रिय खेलमा छनोट भएका छन् । भक्तपुरका विनय थापा, ललितपुरका सुरोज महर्जन, काठमाडौंका धिरेन राई, सिएम नवीन तण्डुकार, प्रेमकृष्ण महर्जन र एफएम रिजेन्द्र राजभण्डारीले आ–आफ्नो खेल जिते । बाँकी खेलाडीलाई पन्छाउन सफल रहे ।