मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ४ मंगलबार
  • Thursday, 19 December, 2024
नयाँदिल्ली
२o८१ मङ्सिर ४ मंगलबार o७:२९:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रदूषणका कारण नयाँदिल्लीका विद्यालय बन्द

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ मङ्सिर ४ मंगलबार o७:२९:oo

प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीका विद्यालय बन्द गरिएका छन् । विषाक्त धुवाँका कारण सोमबारदेखि राजधानी नयाँदिल्लीका विद्यालयलाई अनलाइन कक्षामा रूपान्तरण गरिएको छ । विशाल महानगरको स्वास्थ्य संकट कम गर्ने पछिल्लो प्रयासमा फेरि अनलाइन कक्षा सञ्चालन गरिएको हो ।

आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पिएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कण) रेकर्ड गरिएको थियो ।

सोमबार बिहान प्रदूषण तह चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए भने सहर बाक्लो खैरो र धुवाँले ढाकिएको थियो ।  यो सहर प्रत्येक वर्ष धुवाँले ढाकिने गर्छ । विशेषगरी छिमेकी क्षेत्रहरूमा किसानले जोत्नका लागि आफ्नो खेतहरू सफा गर्न पराल जलाउँदा निस्किएको धुवाँले प्रदूषण बढाएको छ ।

हावाको गुणस्तर अझ बिग्रन सक्ने आशंकामा सहरका अधिकारीले विद्यालय जान प्रतिबन्ध लगाएका हुन् । अधिकारीहरूले बच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् ।

‘कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षा बन्द गरिनेछ,’ मुख्यमन्त्री आतिशीद्वारा आइतबार राति जारी विज्ञप्तिमा उल्लेख छ । प्राथमिक विद्यालयलाई बिहीबार व्यक्तिगत कक्षा बन्द गर्न आदेश दिइएको थियो ।