
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
लामा कांग्रेस मकवानपुरका सभापति पनि हुन्। लामाले ०३६ सालमा कांग्रेसको राजनीति सुरु गरेका थिए। ०४२ को सत्याग्रह, ०४६ र ०६२-६३ को जनआन्दोलनमा उनी पटक-पटक हिरासतमा परेका थिए।
०४८ मा हेटौँडा–४ को सचिव हुँदै औपचारिक राजनीतिक यात्रा थालेका लामाले क्रमशः क्षेत्रीय सभापति, जिल्ला सदस्य, सहसचिव, महाधिवेशन समिति सदस्य हुँदै कांग्रेस मकवानपुरको कोषाध्यक्ष (२०६३) र सचिव (२०७२) का रूपमा जिम्मेवारी सम्हालेका थिए।
०७८ को अधिवेशनबाट लामा कांग्रेस मकवानपुरका सभापति बनेका हुन्।