१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २३ शुक्रबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ कार्तिक २३ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ कार्तिक २३ शुक्रबार १४:३२:oo

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
 
‘हामी आगामी मंसिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदै छौँ । उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढंगबाट छलफल गर्छौँ,’ सहमहामन्त्री बुर्लाकोटीले भने, ‘बैठकमा पार्टीको राजनीतिक, सांगठनिकलगायत समसामयिक विषयमा छलफल हुनेछ ।’