मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Thursday, 26 December, 2024
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o७:१४:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

यसकारण इलेक्टोरल मतले चुनिन्छन् अमेरिकी राष्ट्रपति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o७:१४:oo

यस प्रणालीले उच्च जनसंख्या भएका राज्यहरू साना राज्यमाथि हाबी नहुने कुराको सुनिश्चितता हुने र अमेरिकी लोकतन्त्रमा अल्पसंख्यक प्रतिनिधित्वलाई प्रोत्साहित गरेको भन्दै कतिपयले यसको प्रतिरक्षा गर्छन् 

नोभेम्बर ५ मा लाखौँ अमेरिकीले राष्ट्रपतिका लागि आफ्नो मतदान गरे । डेमोक्रेट उम्मेदवार कमला ह्यारिसलाई हराएर रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प देशको ४७ औं राष्ट्रपति बन्नेका छन् । तर, यो जित देशव्यापी लोकप्रिय मतले होइन, राज्य–राज्यभित्र हुने प्रतिस्पर्धाले तय गरेको छ । अमेरिकाबाहिरका धेरै मानिस र कतिपय अमेरिकाभित्रकै मानिस पनि यो जटिल प्रणालीले कसरी काम गर्छ भन्नेबारे अस्पष्ट छन् । यो प्रणाली संयुक्त राज्य अमेरिकामा राष्ट्रपति चुनाव कसरी गरिन्छ भन्ने विषयको केन्द्रमा छ । तर, धेरैका लागि इलेक्टोरल कलेज एउटा रहस्य पनि हो । 

अमेरिकाका संस्थापक पिताहरूले राष्ट्रपतिका उम्मेदवारले विजय हासिल गर्न बहुमत राष्ट्रिय लोकप्रिय मतभन्दा फरक बाटो रोजेका थिए । उनीहरूले अमेरिकी संविधानको धारा दुईमा इलेक्टोरल कलेजको व्यवस्था गरिएको छ । यस प्रणालीअन्तर्गत प्रत्येक राज्यलाई त्यसको जनसंख्याको आकारको आधारमा इलेक्टोरल मतको एउटा निश्चित संख्या तोकिएको हुन्छ । उदाहरणका लागि २.९ करोडभन्दा बढी जनसंख्या भएको टेक्सास राज्यमा ५० इलेक्टोरल भोट छ । अर्कोतर्फ आठ लाखभन्दा कम जनसंख्या भएको उत्तरी डकोटामा जम्मा तीन भोट छुट्याइएको छ ।

इलेक्टोरल कलेज प्रणाली बुझ्नका लागि जोकोहीले पनि यो बुझ्न जरुरी छ अमेरिकी राष्ट्रपति राष्ट्रिय लोकप्रिय मतद्वारा चुनिदैनन् । लोकप्रिय मत भन्नाले प्रत्येक उम्मेदवारले प्राप्त गर्ने कुल मतको संख्या भन्ने बुझिन्छ । यसको सट्टा मतदातलो ५३८ सदस्यीय निर्वाचक मण्डल अर्थात् इलेक्टोर्सको समूहले राष्ट्रपति चयन गर्दछ । यही निर्वाचक मण्डललाई इलेक्टोरल कलेज भनिन्छ, जसले राष्ट्रपति चुन्छ ।

अमेरिकी संविधानको धारा २मा इलेक्टोरल कलेजको व्यवस्था गरिएको छ । यस प्रणालीअन्तर्गत प्रत्येक राज्यलाई त्यसको जनसंख्याको आकारको आधारमा इलेक्टोरल मतको एउटा निश्चित संख्या तोकिएको हुन्छ ।

चुनावअघि प्रत्येक राज्यका राजनीतिक दलहरूले निर्वाचकहरूको विवरण छान्छन् । यिनै छानिएका प्रतिनिधिले अन्ततः राष्ट्रपतिका लागि भोट हाल्छन् । प्रायः इलेक्टर्स पार्टीका पदाधिकारी वा समर्थक हुन्छन् । प्रत्येक राज्यले अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा प्रतिनिधित्व गर्ने मतदाताको संख्या उस्तै पाउँछ । उदाहरणका लागि मिसिगनले १५ इलेक्टोरल कलेज भोट पाउँछ । त्यो दुई सिनेटर र कांग्रेसमा राज्यको प्रतिनिधित्व गर्ने तल्लो सदनका १३ जना संसद् सदस्यसँग मेल खान्छ ।

यी निर्वाचक को हुन् र कतिजनाले विभिन्न राज्यको प्रतिनिधित्व गर्छन् र उनीहरूको भोट कसरी बाँडफाँड गरिन्छ ? अमेरिकाका लगभग सबै राज्यमा सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रपतिको उम्मेदवारले ती राज्यका सबै इलेक्टोरल मत जित्छ । यो एउटा यस्तो प्रणाली हो, जहाँ भोटिङ ब्लकले सबै सिट जित्न सक्छ । यदि एक उम्मेदवारले एउटा राज्यमा झिनो मतले जित्यो भने पनि उसले त्यो राज्यमा छुट्टाइएको सबै इलेक्टोरल मत प्राप्त गर्छ । यो प्रणाली नपछ्याउनेमा दुई राज्य छन्, मेन र नेबास्का । यी राज्यले कांग्रेसको जिल्लास्तरहरूमा लोकप्रिय भोट प्रतिबिम्बित गर्ने थप जटिल प्रणालीको आधारमा आफ्ना इलेक्टोरल मत बाँडफाँड गर्छन् । डिस्ट्रिक्ट अफ कोलम्बिया (जुन राज्य होइन तर देशको राजधानीलाई समेट्छ) ले पनि तीन इलेक्टोरल कलेज भोट पाउँछ ।

तर, यहाँ सबैभन्दा महत्वपूर्ण पक्ष हो ह्वाइट हाउसमा पुग्नका लागि राष्ट्रपति पदका उम्मेदवारले इलेक्टोर्सहरू (निर्वाचकहरू)को बहुमतको समर्थन जित्नुपर्छ । त्यसकारण कुल ५३८ इलेक्टोरल कलेज भोटमध्ये उम्मेदवारलाई जित्नका लागि कम्तीमा २७० मत चाहिन्छ । निर्वाचन सम्पन्न भएको करिब एक महिनापछि निर्वाचनकले अन्ततः डिसेम्बरमा मतदान गर्छन् ।

तिनीहरूको भोटहरू त्यसपछि जनवरीको सुरुमा कंग्रेसले प्रमाणित गर्छ । त्यसपछि उम्मेदवार राष्ट्रपतिमा निर्वाचित भएको पुष्टि हुन्छ र पद तथा गोपनीयताको शपथ लिन्छन् ।

अवश्य पनि अमेरिकी राष्ट्रपति पद जित्नका लागि उम्मेद्वारले त्यो जादुई इलेक्टोरल कलेजको २७० मत प्राप्त गर्न पर्याप्त मात्रामा मुख्य राज्यमा समर्थन प्राप्त गर्नुपर्छ । यस प्रणालीअन्तर्गत लोकप्रिय मत जित्ने उम्मेदवार (अमेरिकाभरि कुलमा सबैभन्दा बढी भोट) प्राप्त गर्नेले पनि राष्ट्रपतिमा निर्वाचित हुन नसकेका इतिहास छन् । उदाहरणका लागि एक पछिल्लो उदाहरणमा सन् २०१६ मा डेमोक्रेटिकबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनले लोकप्रिय भोट जिते पनि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग चुनाव हारिन । इलेक्टोरल कलेज प्रणाली राज्यहरूको राजनीतिक शक्ति सुनिश्चित गर्न प्रभावकारी रूपमा डिजाइन गरिएको हो ।

लोकप्रिय मतको पक्षमा वकालत गर्ने कतिपय अमेरिकीले इलेक्टोरल कलेजलाई खारेज गरिनुपर्ने बताउँछन् । तर, यस प्रणालीका कारण उच्च जनसंख्या भएका राज्यहरू साना राज्यमाथि हावी नहुने कुराको सुनिश्चितता हुने र अमेरिकी लोकतन्त्रमा अल्पसंख्यक प्रतिनिधित्वलाई प्रोत्साहित गरेको भन्दै कतिपयले यसको प्रतिरक्षा गर्छन् । जे भए पनि इलेक्टोरल कलेज प्रणाली राज्यहरूको राजनीतिक शक्ति सुनिश्चित गर्न प्रभावकारी रूपमा डिजाइन गरिएको हो ।

अलजजिराबाट