१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १९ सोमबार
  • Sunday, 06 July, 2025
तस्बिर : एएफपी
रासस इस्टफ्लोरेस
२o८१ कार्तिक १९ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

Read Time : < 1 मिनेट
रासस, इस्टफ्लोरेस
नयाँ पत्रिका
२o८१ कार्तिक १९ सोमबार १२:४६:oo

पूर्वीइन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेबाेटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुईवटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।  

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन्। 

इन्डोनेसियाको विपत् न्यूनीकरण एजेन्सी (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताएका छन्। उनका अनुसार विस्थापितको संख्या अझै गणना भइरहेको छ।

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ। ज्वालामुखीनजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।

ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको केन्द्रविन्दुको सात किलोमिटर दायराभित्र केही गतिविधि नगर्न निर्देशन दिएको छ। 

पछिल्लो समयमा माउन्ट लेबाेटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन्।

ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ।