Skip This
साफ महिला च्याम्पियनसिप : नेपालले गरेको गोल विवादपछि खेल रोकियो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ११ आइतबार
  • Sunday, 27 October, 2024
रमेश सुवेदी काठमाडौं
२o८१ कार्तिक ११ आइतबार २o:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद

साफ महिला च्याम्पियनसिप : नेपालले गरेको गोल विवादपछि खेल रोकियो

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ११ आइतबार २o:४२:oo

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतविरुद्ध बराबरी गोल गरेपछि खेल विवादास्पद बनेको छ। आइतबार दशरथ रंगशालामा खेल विवादास्पद बनिरहँदा ७२औँ मिनेटमा भारती परिवर्तित खेलाडी संगीता बास्फोरेले गोल गरेकी थिइन्। करिब २५ यार्डमा अनमार्क रहेकी बास्फरेले दोस्रो बारमा उत्कृष्ट गोल गरेकी हुन्। 

भारतले आफ्नो भागमा आएर सेलिब्रेसन गरेपछि रेफ्री भुटानी ओम चोकीले खेल सुरु गर्न संकेत गरेकी थिइन्। साबित्रा भण्डारीले बढाएको बललाई प्रीति राईले गोल गरेकी थिइन्। त्यसपछि विवाद सुरु भएको थियो। नेपाल गोल मान्यता चाहन्थ्यो भने भारतीय टिम गोल हुनुहुँदैन भन्ने मान्यता राखिरहेको थियो। यतिकैमा रेफ्री चोकीले गोल नभएको इशारा गरेकी थिइन्। त्यसपछि नेपाली टिम मैदानभित्र प्रवेश नै गरेन। 

खेल करिब आधा घण्टादेखि सुरु हुन सकेको छैन। भारतीय टिम मैदानभित्र छ भने नेपाल गोल मान्यता कुरिरहेको छ।