Skip This
नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १६:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेचर हर्ब्सका सञ्चालक खनाल पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १६:५९:oo

सहकारीको पैसा गैरकानुनी रूपमा लगेर दुरुपयोग गरेको आरोपमा नेचर हर्ब्स प्रालि तथा गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक रामबहादुर खनाल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पानीपोखरीबाट पक्राउ गरेको हो।

तनहुँको भानु नगरपालिका– ८ घर भएका खनालले गितेन्द्रबाबु (जिबी) राईसँग मिलेर सो कम्पनी सञ्चालन गरेका थिए। जिल्ला अदालत, कास्कीले पक्राउ अनुमति जारी गरेपछि खनाल पक्राउ परेका हुन्।

सो कम्पनीका पूर्वसञ्चालक छविलाल जोशी हाल थुनामै छन् भने राई फरार छन्। सो कम्पनीका अर्का हर्ताकर्ता रहेका वरिष्ठ अधिवक्ता बाबुराम कुँवर भने हाल राष्ट्रपति रामचन्द्र पौडेलको कानुनविज्ञका रूपमा कार्यरत छन्। उनीमाथि भने अनुसन्धान नै नभएको आरोप लागेको छ।