१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार १८:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका बलात्कार कसुरमा १२ वर्ष कैद र पाँच लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार १८:o७:oo

१३ वर्षीया बालिका बलात्कार गरेको कसुरमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ बँदेलधापका एक पुरुषलाई अदालतले १२ वर्ष कैद फैसला गरेको छ।

मकवानपुर जिल्ला अदालतले ३८ वर्षीय मीनबहादुर लोप्चनलाई १२ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाका साथै पीडितलाई ४० हजार क्षतिपूर्ति दिन भनेको हो। जिल्ला न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले उक्त फैसला गरेको हो।

लोप्चनलाई २ साउन २०८० मा बालिकालाई ललाइफकाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनले बालिकालाई १ साउनमा दिदीको घरमा बोलाएर बलात्कार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएका थिए।