१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024
२o८१ कार्तिक ६ मंगलबार ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बुटवलमा औद्योगिक व्यापार मेला हुँदै

पुसमा हुने मेलाका लागि कार्यसम्पादन समिति गठन, जिम्मेवारी बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ६ मंगलबार ११:o७:oo

बुटवलमा सञ्चालन हुने औद्योगिक व्यापार मेलाका लागि कार्यसम्पादन समिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँट गरिएको छ । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा ३ देखि १८ पुससम्म बुटवल मण्डपमा हुने औद्योगिक व्यापार मेला–२०८१ का लागि सोमबार बसेको कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँट गरेको हो । 

मेलाको मूल कार्यसम्पादन समिति संयोजकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल रहेका छन् भने कार्यसम्पादन समितिमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्य रहेका छन् । संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई मूल्यांकन तथा अनुगमन समितिको जिम्मेवारी प्रदान गरिएको छ । 

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेलाई मेला मूल सम्पादन समितिको सहसंयोजकसहित सरकारी निकाय समन्वय, विषयगत उपसमिति समन्वय, सांस्कृतिक कार्यक्रम, साउन्ड सिस्टम तथा स्टेज सञ्चालन, स्वागत तथा प्राथमिक उपचार र विद्युत् व्यवस्थापनको जिम्मेवारी 
तोकेको छ । 

त्यस्तै, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईलाई उपसंयोजकसहित व्यावसायिक संघ–संस्था समन्वय, पूर्वाधार तथा उद्योग क्षेत्र समन्वय, गोष्ठी सेमिनार, स्टल दर्ता तथा वितरण, घरेलु हस्तकला तथा पर्यटन प्रवद्र्धन र कृषि प्रविधि तथा बजारीकरणको जिम्मेवारी पनि प्रदान गरिएको छ भने महासचिव मुक्तिप्रसाद अधिकारीलाई कार्यसम्पादन समितिका सदस्यसचिव तथा प्रवक्ताका साथै सचिवालय, सुरक्षा र पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । 

कोषाध्यक्ष वसन्तप्रसाद ढकाललाई आर्थिक समिति संयोजकसहित सौजन्य, खाना तथा खाजा र टिकट व्यवस्थापन, सचिव प्रतीक पोखरेललाई सहसचिवको जिम्मेवारी दिइएको छ । सहकोषाध्यक्ष धनकुमारी खनाललाई आर्थिक समितिको सहसंयोजकसहित उद्यमी प्रवद्र्धनको जिम्मेवारी दिइएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।