मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३० बुधबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३० बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दानबापत एमालेले लिएको जग्गा फिर्ता भएको घोषणा गरोस् : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३० बुधबार १o:५५:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री केपी ओलीले तत्काल फिर्ता गरेको घोषणा गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका सम्पर्क समितिहरूसँगको बानेश्वरमा आयोजित भेटघाट कार्यक्रममा महरले जनतामा छरिएको निराशालाई आशामा परिणत गर्न वर्तमान गठबन्धन बनेको सम्झाउँदै महरले प्रधानमन्त्रीले कसैबाट दानदातव्य र नजराना लिनु सुशासनको खिलाप हुने भएकाले  जनतामा आशा जगाउन तत्काल सो जग्गा फिर्ता गर्न आग्रह गरेका हुन्। 

दानकर्ता मीनबहादुर गुरुङदम्पतीप्रति आफूहरूको कुनै आग्रह–पूर्वाग्रह नरहेको बताउँदै नेता महरले गुरुङदम्पती अस्पताललगायत ठाउँमा दान गरिरहेका दानवीर व्यवसायीसमेत रहेका बताए । तर, व्यवसायी गुरुङमाथि उठेको प्रश्नको निरुपण नभएसम्म कुनै पनि राजनीतिक दलले सहयोग लिनु बदनियतपूर्ण कार्य हुने महरको भनाइ छ।   

‘अदालतले दोष ठहर नगरेसम्म सम्बन्धित व्यक्ति निर्दोष रहन्छ भन्ने कानुनी मान्यता भए पनि ललितानिवास जग्गा प्रकणमा गुरुङलगायतको  मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकै वेला देशको कार्यकारी प्रमुखले पार्टी कार्यालयका लागि दानको जग्गा लिएर त्यसमा भवन बनाउने कुराले देशमा विधिको शासन छ कि छैन् भनेर जनताले नै प्रधानमन्त्रीमाथि प्रश्न उठाउने नेता महरको टिप्पणी छ। तसर्थ यथाशक्य नेकपा एमाले र प्रधानमन्त्री ओलीले सो जग्गा फिर्ता भएको घोषणा गर्नुपर्छ र देशमा सुशासन, अमनचयन छ भन्ने सन्देश जनतामा दिनुपर्छ,’ नेता महरले भने।