मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २९ मंगलबार
  • Saturday, 21 December, 2024
२o८१ असोज २९ मंगलबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पौडी खेल्न गएकी बालिकाको खोलामा डुबेर मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २९ मंगलबार o९:४२:oo

मकवानपुरको बागमतीमा पौडी खेल्न गएकी १३ वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर घर भई हाल मामाघरमा बस्दै आएका सन्तोष तामाङकी छोरी रुबिना तामाङ रहेकी छिन् ।

मकवानपुर प्रहरीका अनुसार बागमती गाउँपालिका– १ हात्तीढुंगास्थित चिरुवा खोलामा डुबेर उनको मृत्यु भएको हो । रुबिनासहित तीनजना घरभन्दा अन्दाजी एक किलाेमिटर दक्षिणतर्फ रहेको चिरुवा खोलामा नुहाउने क्रममा  रुबिना डुबेको भनी निजकी बहिनी यलिना तामाङले घरमा खबर गरेकी थिइन् ।

खबर पाउनासाथ हजुरबुबा दुखुवा राईसहित छिमेकीहरूले रुबिनालाई उद्धार गरी उपचारका लागि झुरझुरेस्थित सान्भी मेडिकलमा पुर्‍याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक रुबिनाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।