मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २७ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २७ आइतबार १५:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २७ आइतबार १५:५o:oo

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको उनका प्रेस संयोजक प्रवीण पोखरेलले जानकारी दिए।

मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ। बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापालगायत रहेको उनले जानकारी दिए। नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ।