मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज २७ आइतबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज २७ आइतबार o६:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यस वर्षको विजयादशमीमा बढी चहलपहल देखियो राजधानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २७ आइतबार o६:४६:oo

विगत वर्षका विजयादशमीमा भन्दा यस वर्ष राजधानीमा बढी चहलपहल देखिएको छ । विगत वर्षमा विजयादशमीका दिन पनि राजधानीका सडक सुनसानप्रायः हुने गरेकामा यस वर्ष भने बढी चहलपहल देखिएको हो।

घटस्थापनाको एक साताअघि देशका विभिन्न भागमा परेको भारी वर्षाका कारण आएको बाढीपहिरोले राजधानीबाट बाहिरिने धेरै सडक बिग्रिएको सन्देश प्रवाह भएकाले पनि राजधानी छोड्ने यात्रु यस वर्ष घटेकाले राजधानीमा चहलपहल देखिएको हो । राजधानीबाहिर जाने कम भएपछि सडकमा बढी चहलपहल देखिएको हो।

राजधानीमा चहलपहल बढेपछि सडकमा सार्वजनिक र निजी सवारीसाधन पनि बढी गुडेका देखिन्थे । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारीसाधन सडकमा गुडेको जनाएको छ । राजधानीका धेरै स्थानमा टीका लगाउन हिँड्नेले पनि यस वर्ष विगतमा भन्दा सहजै सार्वजनिक यातायात भेटिएको प्रतिक्रिया दिए । विगत वर्षमा विजयादशमीका दिन रत्नपार्कबाट नैकाप जाने सवारी नपाइने गरेकामा यस वर्ष सहजै पाइएको जगदीश भण्डारीले अनुभव सुनाए। 

बाढीपहिरोले बिग्रिएको सडक बनिसके पनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रु मात्र राजधानी बाहिर गएका हुन् । समाजशास्त्री कीर्तिकुमार दुमी राई भने धेरै नेपाली परिवारसहित राजधानी बस्ने क्रम बढेकाले पनि कम यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको बताउँछन्। राजधानी, ठुला सहर र सदरमुकामकेन्द्रित बसोवास गर्नेको संख्या बढिरहेको उनले  सुनाए। यसैले गर्दा पनि यस वर्षको विजयादशमीमा राजधानीमा बढी चहलपहल देखिएको हो ।