कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनर्स्थापना

शनिबार, २६ असोज, २०८१
डिजिटल संस्करण

हनुमानढोकास्थित तलेजु भवानीको प्रतिमालाई विधिपूर्वक मन्दिरमा पुनर्स्थापना गरिएको छ। दरबारपरिसरको मूल चोकबाट जीवित देवी कुमारीलाई दर्शन गराउन असोज शुक्ल सप्तमीका दिन तान्त्रिक विधिबाट बाजागाजासहित देवीको प्रतिमा मन्दिरबाट मूल चोकमा ल्याइएको थियो।

शुक्रबार राति १० बजेको शुभ साइतमा कुमारीलाई देवीको दर्शन गराएपछि आज तलेजुको मूर्ति मन्दिरमा पुनर्स्थापना गरिएको कुमारी घरका व्यावस्थापक गौतम शाक्यले जानकारी दिए।

हरेक वर्ष विजयादशमीका दशमीका दिन देवीको मूर्तिलाई शास्त्रोक्त विधिपूर्वक मन्दिरमा स्थापना गरेपछि दसैँको टीका प्रारम्भ गर्ने प्रचलन रहेको उनले बताए। 

सुझावित समाचार