पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा राजीव नियुक्त

शुक्रबार, २५ असोज, २०८१
डिजिटल संस्करण

पोखरा एभेन्जर्सले मुख्य प्रशिक्षकमा राजीव कुमारलाई नियुक्त गरेको छ। 

नेपाल प्रिमियर लिग (एनपिएल) टोलीले शुक्रबार भारतका कुमारलाई आगामी लिगको लागि भित्र्याएको हो। कुमारले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरेका थिए। 

उनी चेन्नई सुपर किङ्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन्। उनले भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीसँगै क्रिजमा बिताएका पनि थिए। सन् २००३ मा बिदर्भ ट्रफीमा विहार र झारखण्डको लागि क्रिकेट खेलेका थिए। 

चेन्नईको कप्तानमा धोनी रहँदा कुमार भने प्रशिक्षकको भूमिकामा थिए। 

पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि बधाई दिँदै कार्यकालको शुभकामना दिए। नियुक्तिपछि कुमारले नयाँ यात्राको लागि खुसी भएको र नेपाल आउन उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। 

पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन्। एनपिएल १५ मंसिरबाट ६ पुससम्म हुँदै छ।

सुझावित समाचार