मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २५ शुक्रबार
  • Saturday, 21 December, 2024
२o८१ असोज २५ शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पिप्लेमा सुक्खा पहिरो झरेपछि बिपी राजमार्ग फेरि अवरुद्ध, यात्रा नगर्न अनुरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज २५ शुक्रबार ११:२९:oo

काभ्रेको रोशी गाउँपालिका– ११ पिप्लेमा सुक्खा पहिरो खसेपछि  बिपी राजमार्ग फेरि अवरुद्ध बनेको छ। शुक्रबार सुक्खा पहिराले खोटाङबाट काठमाडौंतर्फ आउँदै  गरेको ना.१ज ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ।

पहिरोले पुरेको सुमोको पछाडिको भाग मात्र देखिएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । त्यस्तै, सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा.४ ख ४३५२ नम्बरको  बसलाई  रोशी खोलाले बगाएको छ।

उक्त बगाएको बसलाई  २० मिटर तल पुर्‍याएको छ। बिपी राजमार्गअन्तर्गत नमोबुद्ध– तेमाल हुदै मंगलटार जाने कच्ची सडक खण्ड र रोशी गाउँपालिका ११ पिप्लेस्थित बिपी राजमार्गमा पुनः सुक्खा पहिरो झरिरहेको र तत्काल दुईतर्फी सडक अवरोध भएकोले यात्रा नगर्न  स्थानीय प्रशासनले अनुरोध गरेको छ। अहिले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ।