१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २५ शुक्रबार
  • Tuesday, 12 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २५ शुक्रबार o६:४६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मनसुनी वायुको प्रभावले पहाडी भू-भागमा बदली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २५ शुक्रबार o६:४६:oo

मनसुनी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत मधेश प्रदेशका अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ।

देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा बदली भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ भने कोशी प्रदेशका थोरै तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।