मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २४ बिहीबार १o:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १o:२६:oo

हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो–रैली संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता सिजी मोटर्सले नयाँ एक्सपल्स प्रो–रैली संस्करण सार्वजनिक गरेको हो ।

एक्सपल्स प्रोले आफ्ना सवारलाई उच्चस्तरीय सस्पेन्सन प्रणाली प्रदान गर्दै कुनै पनि भूभागमा सहज र आत्मविश्वासका साथ सवारी गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसमा डुअल–पर्पस टायर उपलब्ध गरिएका छन् । यी टायरको सहायताबाट नयाँ मोटरसाइकलले सहरी क्षेत्रका साथै अफरोड क्षेत्रमा समेत पूर्ण ग्रिप प्रदान गर्ने क्षमता राख्छ ।

हालै सार्वजनिक एक्सपल्स प्रो संस्करण एक्सपल्स २०० फोरभीको अपडेटेड संस्करण हो । सार्वजनिक नयाँ मोटरसाइकलमा ८३१ एमएमको अग्लो सिट उचाइका साथै ह्यान्डल बार उठाउने सुविधासमेत उपलब्ध छ । २५० एमएमको पूर्ण रूपमा एडजस्ट गर्न मिल्ने अगाडिको सस्पेन्सनसहितको यो बाइकमा लामो साइड स्ट्यान्ड र लामो गियर लिभर पनि उपलब्ध गरिएको छ । २७० एमएमको उच्च ग्राउन्ड क्लियरेन्ससहितको एक्सपल्स प्रो मा १९९.६ सिसी क्षमताको इन्जिन दिइएको छ ।

यसले १८.९ एचपी अधिकतम पावरमा ८५०० आरपिएम र १७.३५ एनएम टर्क मा ६५०० आरपिएम उत्पादन गर्ने क्षमता राख्छ । यसमा ५ स्पिड गियरबक्स उपलब्ध गरिएको छ भने, १६१ किलोग्राम वजन, र १३ लिटर इन्धन क्षमता रहेको छ ।
सहर तथा अफरोड दुवै क्षेत्रमा उत्कृष्ट सवारी अनुभव दिन सफल भनिएको एक्सपल्स ग्राहकहरूको पहिलो रोजाइको बाइक बन्दै गइरहेको कम्पनीको दाबी छ । 

साथै, ग्राहकलाई थप आत्मविश्वास दिलाउन र बाइकसँगको सम्बन्ध अझ प्रगाढ बनाउने सोचका साथ सिजी मोटर्सले एक्सओएक्स (एक्सपल्स ओनर एक्सपेरियन्स) राइड्सको पनि आयोजना गर्दै आइरहेको छ ।