मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २४ बिहीबार
  • Saturday, 21 December, 2024
मीनराज बसन्त काठमाडाैं
२o८१ असोज २४ बिहीबार १२:४१:oo
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

कर्पोरेट दसैँ

दसैँ सँघारमै आइसकेको छ । परदेशीहरू दसैँ मनाउन घर फर्किरहेका छन् । संघीय राजधानीलगायतका सहरमा भएकाहरू गाउँ फर्किने क्रममा छन् । आकाशमा थरीथरीका चंगा उडिरहेका छन् । हर्ष र उल्लासको याम छ ।

Read Time : > 4 मिनेट
मीनराज बसन्त, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज २४ बिहीबार १२:४१:oo

दसैँ सँघारमै आइसकेको छ । परदेशीहरू दसैँ मनाउन घर फर्किरहेका छन् । संघीय राजधानीलगायतका सहरमा भएकाहरू गाउँ फर्किने क्रममा छन् । आकाशमा थरीथरीका चंगा उडिरहेका छन् । हर्ष र उल्लासको याम छ । दसैँ–तिहार र छठलाई उत्सवमय बनाउन विभिन्न बैंक–वित्तीय संस्था तथा ब्रान्डले अफर ल्याएका छन् । 

हुन्डाईको ‘फेस्टिभ डिलाइट’ 
हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ–तिहारलक्षित ‘फेस्टिभ डिलाइट २०८१’ योजना नाम दिएर अफर ल्याएको छ । यस अफरमा हुन्डाई गाडी किन्ने भाग्यशाली एकजना भाग्यशाली ग्राहकले हुन्डाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्रमार्फत प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकले १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । 

 निसानमा १५ लाखसम्म छुट 
पायोनियर मोटोकर्पले निसानका गाडीमा ‘निसान फेस्टिभ डिल’को विशेष छुटको योजना ल्याएको छ । यो योजना निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेल गाडीमा लागू हुने कम्पनीको भनाइ छ । योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क इन्स्योरेन्स, तीन वर्षको सडक कर छुट, तीन–तीन वर्षको सर्भिसिङ र वारेन्टी तथा १५ लाख रुपैयाँसम्मको छुट पाउने बताइएको छ ।

 यामाहाको ‘बिगेस्ट १०सैँ’ 
यामाहाले चाडबाडलाई उत्सवमय बनाउन आकर्षक योजना ‘बिगेस्ट १०सैँ’ ल्याएको छ । यो अफरमा ग्राहकले यामाहाका बाइक तथा स्कुटर किन्दा १० लाख रुपैयाँ जित्न सक्नेछन् । कम्पनीका अनुसार यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योरसट नगद उपहारअन्तर्गत २० हजार, ५० हजार र एक लाख रुपैयाँ नगद उपहार धेरै ग्राहकले जितिसकेको कम्पनीले जनाएको छ । 

 बजाजको ‘क्यास सफारी’ 
बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले बडा दसैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले हरेक बजाजको खरिदमा स्योर सट रूपमा एक लाख रुपैयाँसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्रअन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जंगल सफारीको अवसर पाउने बताइएको छ । त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जंगल सफारीको अवसर पाउनेछन् । 

 ‘होन्डा कार दसैँ उपहार’ 
होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले चार्डपर्वलक्षित योजना सार्वजनिक ल्याएको छ । कम्पनीले ल्याएको ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’मा ग्राहकले होन्डाको कुनै पनि कार खरिदमा पाँच लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । 

 हिरोको ‘मालामाल अफर’
सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ–तिहारलक्षित अफर ‘एक्कासि मालामाल दसैँ–तिहार अफर’ ल्याएको छ । अफरअन्तर्गत ग्राहकले हिरोका जुनसुकै मोडेलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्र्याच कार्डद्वारा नगद पाँच लाख रूपैयाँसम्मको स्योर सट क्यास जित्न सक्ने कम्पनीले जनाएको छ । 

 इन्फिनिक्सको ‘दसैँ धमाका’ 
स्मार्ट फोन ब्रान्ड इन्फिनिक्सले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी ‘इन्फिनिक्स दसैँ धमाका’ योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकले भेस्पा एलिगेन्ट १५० स्कुटर, इन्फिनिक्स हट ४० आई स्मार्ट फोनलगायत अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् । 

 कुमारी बैंकको ‘क्यासब्याक अफर’ 
कुमारी बैंकले ‘दसैँ उत्सव क्यासब्याक अफर’ ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको नौ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एकबराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

 एनएमबि, सिटिजन्स, आरबिबी र हिमालयन बैंकका छुट योजना 
एनएमबि बैंकले चाडपर्वमा छुट दिने भएको छ । बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरका लागि छुट दिने जनाएको छ । बैंकका ग्राहकले बुद्ध एयरको वेबसाइटबाट हवाई टिकट काट्दा १० प्रतिशत क्यासब्याक या अधिकतम पाँच सय रुपैयाँसम्म छुट पाउनेछन् ।

त्यसैगरी, दसैँ सपिङ गर्दा सिटिजन्स फोन–पे क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यसैगरी, नबिल बैंकको दसैँ धमाकाअन्तर्गत दराजमा शून्य प्रतिशत इएमआईमा किनमेल गर्न सकिनेछ । राष्ट्रिय वाणिज्य बैंकको टपअप धमाका अफरअन्तर्गत २०० या सोभन्दा बढीको टपअप गर्दा चारजना विजेताले एयर फ्रायर, माइक्रोवेभ, भ्याकुल क्लिनर र ब्लेन्डर जित्न सक्नेछन् । त्यस्तै, हिमालयन बैंकले चाडपर्वमा बैंकको क्रेडिट कार्डमार्फत सपिङ गर्दा मोबाइल, फ्रिज र स्कुटी जित्स सक्नेछन् । 

 टेलिकमको सहुलियत
दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम पनि चाडबाडलक्षित योजना ल्याएको छ । टेलिकमले ल्याएको गर्दै ‘दसैँ अफर २०८१’ मा सहुलियतदरका भ्वाइस, डेटा तथा एफटिटिएचका प्याकेज उपलब्ध हुनेछन् । जिएसएम प्रयोगकर्ताले सात सय ९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जिबी डेटा र ५०० अल नेट एसएमएस सुविधा पाउनेछन् । 

 एनसेलको ‘अनलिमिटेड अफर’
एनसेलले ‘सधैँ अन’ अन्तर्गत दसैँ अनलिमिटेड अफर ल्याएको छ । यस अफरअन्तर्गत १४९ रुपैयाँमा सात दिन अनलिमिटेड टकटाइम, ४४९ रुपैयाँमा २८ दिन अनलिमिटेड टकटाइम उपलब्ध हुनेछ । साथै, १२५ रुपैयाँमा तीन दिनका लागि अनलिमिटेड डेटा र ९९९ रुपैयाँमा २८ दिन चल्ने अनलिमिटेड डेटा अफर ल्याएको छ । 

 भाटभटेनीमा ५० प्रतिशतसम्म छुट
भाटभटेनी सुपरमार्केटले दसैँ–तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म रहने बताइएको छ । भाटभटेनीका अनुसार ग्राहकले सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट हुनेछ भने रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ ।

 सिटी एक्सप्रेसको ‘परिवारमा खुसी लाखौँ गुणा’
सिटी एक्सप्रेस मनी ट्रान्सफरले १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा दसैँ, तिहार र छठलाई लक्षित गर्दै ९० दिनसम्म चल्ने ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ उपहार योजना घोषणा गरेको छ । यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरूलाई जनही रु. ५०० को वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणाभन्दा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएको छ ।

 कनेक्ट आइपिएसको ‘शुभयात्रा अफर’
कनेक्ट आइपिएसले चाडपर्वलाई लक्षित गर्दै ‘शुभलाभ अफर’ ल्याएको छ । अफरअन्तर्गत कनेक्ट आइपिएसबाट फ्लाइट तथा बस टिकटको भुक्तानी गर्दा ग्राहकले आकर्षक क्यासब्याक तथा छुट पाउनेछन् । 

 नेपाल पेमार्फत निःशुल्क फन्ड ट्रान्सफर 
नेपाल पेमार्फत निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । कम्पनीले बडा दसैँलाई लक्षित गर्दै मोबाइल नम्बरका आधारमा हुने नेपाल पे इन्स्ट्यान्टको फन्ड ट्रान्सफर निःशुल्क गरिएकोे जनाएको छ । 

 सिजी र एलजीको सामान किन्दा १० तोला सुन
इलेक्ट्रिक ब्रान्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी ‘दसैँमा १० सुनका सिक्का’ योजना ल्याएको छ । यो योजनामा भाग्यशाली ग्राहकले १०–१० ग्रामका १० वटा सुनका सिक्का जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजीका साना घरायसी उपकरणमा मात्र लागू हुने कम्पनीले जनाएको छ । 

 भायानेटको ‘महामहोत्सव’ अफर 
इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महामहोत्सव’ अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले ८,९९० रुपैयाँमा १२५ एमबिपिएसको सट्टा २०० एमबिपिएस स्पिड प्राप्त गर्न सक्नेछन् ।

 सामसङको ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ योजना 
स्मार्ट फोन ब्रान्ड सामसङले आगामी ३० कात्तिक २०८१ सम्म नेपालमा सञ्चालन हुने चाडबाडलक्षित ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ योजना ल्याएको छ । यस योजनामा ग्राहकले ३१ प्रतिशतसम्मको छुटमा सामसङ टिभी र घरेलु उपकरण पाउनेछन् । साथै, टिभी खरिदमा १२ महिनासम्मको निःशुल्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने बताइएको छ । 

 लिटमसको ‘वायरिङ दमदार, घर सानदार’ योजना
लिटमस केबलले पाँचजना भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइसकुकर, ब्याग प्याक र इलेक्ट्रिक केटलजस्ता आकर्षक उपहार जित्ने मौका पाउने जनाएको छ । साथै, लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार रुपैयाँबराबरको लिटमस केबल खरिद गर्नुपर्ने हुन्छ ।